Logo
३ आश्विन २०८१, बिहीबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीका लागि रस्साकस्सी : एमाले  संसदीय दलको नेता छान्न चुनाव 

काठमाडौं : प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेताका लागि भीम आचार्य र शेरधन राईबिच प्रतिस्पर्धा हुनेभएको छ । सहमति हुन नसकेपछि दुवै प्रदेशमा संसदीय दलको नेताका लागि चुनाव हुन लागेको हो । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले आकांक्षी धेरै हुँदा सहमति जुट्न नसकेको हो ।

यस्तै चुनाव नै हुने भए जीवन घिमिरेले पनि उम्मेदवारी दिने बताएका छन् । प्रदेश नम्बर १ मा एमालेका ५१ प्रदेशसभा सदस्य रहेका छन् । चुनाव दिउँसो हुनेछ ।  मुख्यमन्त्री एवं संसदीय दलको नेता सहमतिमा छनौट गर्न नसकेपछि चुनाव गर्ने भएको हो ।

यस्तै ३ नम्बर प्रदेशमा पनि संसदीय दलको नेता छान्नका लागि शुक्रबार चुनाव हुँदैछ ।  केन्द्रले प्रदेशबाटै संसदीय दलको नेता तय गर्न अधिकार दिए पनि सहमित नजुटेपछि शुक्रबार काठमाडौंमा चुनाव हुने भएको हो । एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्