Logo
३ आश्विन २०८१, बिहीबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दिनभित्रै प्रधानमन्त्री देउवाले राजीनामा दिने

काठमाडौं : सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने बताएका छन् । थापाले आगामी फागुनको पहिलो साता नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिवस मनाएर हामी बिदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ, वाम गठबन्धन खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ, उहाँलाई मेरो शुभकामना छ ।’

उनले सरकारले मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिसका सम्बन्धमा छलफल गर्ने बताए । उनले भने,‘अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्छौं, तीन जनाको नाम सिफारिस गर्दा साझा व्यतित्व चयन गर्छौ, योग्यता पुगेकालाई सफारिस गर्छौं, सभाको वजन र गरिमालाई धान्न सक्ने व्यक्तित्व चयन गर्छौं।’

बिहीबार एक कार्यक्रममा बोल्दै मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको बताए । उनले भने,‘निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले बोलेको थिएँ, कि नयाँ सरकार फागुनाको ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिकाटिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिनभित्रै त्यो कुरा प्रमाणित हुन्छ । ’मन्त्री थापाले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आउने जानकारी दिए ।

 

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्