Logo
२१ कार्तिक २०८१, बुधबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सेनाप्रमुख आँउदै, बेलायती सेनाअध्यक्ष पनि नेपालमा

काठमाडौं : भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणपछि भारतीय सेना प्रमुख बिपिन रावत नेपाल आँउदैछन् । आउदो २९ गते उनी काठमाडौं आउने बताइएको छ । भारतीय सेना श्रोतका अनुसार उनको यो भ्रमण जम्मा ३ दिनको हुनेछ । उनी नेपाली सेनाको वार्षिक कार्यक्रममा समेत आथित्य गर्नेछन् ।

त्यस्तै, बेलायती सेनाअध्यक्ष जनरल निकोलस प्याट्रिक कार्टर एक्कासी नेपाल भ्रमणमा आएका छन् । उनी पोखराको ब्रिटिस क्याम्पमा आयोजना हुने गोर्खा परेडमा समेत भाग लिने बताइएको छ । बुधवार काठमाडौं आएका सेनाअध्यक्ष जनरल कार्टर माघ २९ मा स्वदेश फर्कनेछन् ।

नेपाल भ्रमणमा रहेका बेलायती सेनाअध्यक्ष कार्टरले बुधवार नै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गरेका छन् । सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार भेटवार्तामा दुबै देशका सेनापतिबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्