Logo
३१ भाद्र २०८१, सोमबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ७ सरकारले थाल्यो ब्यवस्थापन काम-कार्य

कैलाली : प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थापना भएपछि प्रदेश नम्बर ७ मा थप दुई ओटा मन्त्रालय पनि स्थापना भएका छन् । मन्त्रालयका लागि तोकिएका कार्यालयमा भवनको निर्माण कार्य भैरहेको छ । तीन वटा मन्त्रालयले काम गर्न सुरु गरेको भए पनि चार वटा मन्त्रालयहरुको कामको भने टुंगो लागेको छैन । चार वटै मन्त्रालयका एक जना कर्मचारी पनि धनगढी पुगेका छैनन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयको भवनमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय स्थापना भएका हुन् । दुवै मन्त्रालयमा वोर्ड लगाएर कामकाज सुरु गरिएको छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यातायात व्यवस्था कार्यालयको निर्माणाधीन भवनमा काम सुरु गरिसकेको छ । तर भवनको निर्माण भने अझै सम्म पनि सम्पन्न नभएकाले त्यहाँ बोर्ड भने लगाइएको छैन । ६ वटा मन्त्रालय रहने व्यवस्था गरिएकोमा अझै थप चार वटा मन्त्रालयको स्थापना हुन सकेको छैन ।

वडा प्रहरी कार्यालय नजिकै निर्माणाधीन रहेको जिल्ला जन स्वास्थ्य कार्यालयको भवनमा रहने सामाजिक विकास मन्त्रालयको भवन निर्माण भैरहेको छ । क्षेत्रीय सिचाई निर्देशनालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक राजश्व कार्यालयको परिषरमा निर्माण भैरहेको नवनिर्मित भवनमा आर्थिक मामिला तथा उद्योग मन्त्रालय र क्षेत्रीय वन निर्देशनालयको भवनमा उद्योग, पर्यटन, वातावरण तथा वन मन्त्रालय रहने निर्णय भए पनि तयारी भने भएको छैन ।

नयाँ भवनको निर्माण कार्यसँगै अन्य पुर्वाधार तयार पार्न तथा पुराना भवनमा रंगरोगनलगायतका काम गर्नका लागि टेण्डर आह्वान भैसकेको प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रविन्द्र बोहोराले बताउनुभयो ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्