ओलम्पिकअघि उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शन गर्दै
बीबीसी, लामो समयपछि शीतकालिन ओलम्पिक मार्फत दक्षीण कोरियासँग सम्बन्ध सुधार गर्न गइरहेको उत्तर कोरियाले बिहीबार सैन्य परेड गर्ने भएको छ । उत्तर कोरियाले आफ्नो सेना स्थापना भएको वर्षगाँठमा विशेष सैन्य परेड गर्ने गरेको छ ।
गएको ४० वर्षदेखि अप्रिलमा हुँदै आएको सैन्य परेड उत्तर कोरियाले यसपटक शीतकालिन ओलम्पिकको अघिल्लो दिन नै गर्ने भएको छ । शुक्रबारदेखि दक्षिण कोरियाको प्योङच्याङमा सुरु हुने गृष्मकालीन ओलम्पिकको अघिल्लो दिन उत्तर कोरियाले विशेष सैन्य परेडको ७० औँ वर्षगाँठ बिहीबार मनाउन लागेको हो ।
उत्तरको यो कदमलाई सैन्य शक्ति प्रदर्शन गर्ने कार्य भन्दै अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका छन् । तर उत्तर कोरियाले भने आफ्नो आन्तरिक मामिलामा अरुको चासो हुन नहुने बताएको छ । उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमका लागि अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्दै आएको छ ।