Logo
२२ पुस २०८१, सोमबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर राष्ट्रियसभाको निर्वाचन उत्साही र शान्तिपूर्ण

सुर्खेत : बुधबार बिहान १० बजेबाट शुरु भएको प्रदेश नं ६ को राष्ट्रियसभाको निर्वाचन उत्साह र शान्तिपूर्ण तरिकाबाट १ः३० बजे सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । क र ख गरी दुईवटा मतदान केन्द्र रहेका थिए ।

हरियो रङ अंकित क मतदान केन्द्रमा ४० जना प्रदेशसभा सदस्य र रातो रङ अंकित ख केन्द्रमा स्थानीय तहका प्रमुख, उपप्रमुख÷अध्यक्ष, उपाध्यक्ष गरेर १९८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए ।

“चुनाव उत्साह र शान्तिपूर्ण तरिकाले भएको छ, दिउँसो ३ बजेसम्म मतदान गर्ने समय भए पनि डेढ घण्टाअघि नै चुनाव सम्पन्न भएको छ, अब ४ बजेदेखि मतगणना शुरु हुन्छ,” मुख्य निर्वाचन अधिकृत पौडेलले भने ।

उनका अनुसार चुनावमा नेकपा एमालेबाट प्रदेश सांसद २० र स्थानीय तहका जनप्रतिनिधि ५५, नेपाली काँग्रेसका प्रदेश सांसद छ जना र स्थानीय तह जनप्रतिनिधि ५१, नेकपा माओवादी केन्द्रका प्रदेश सांसद १३ र स्थानीय तहका जनप्रतिनिधि ५२ र राप्रपाको एक प्रदेश सांसदले मतदान गरेका थिए ।

मतदानस्थल जिल्ला निर्वाचन कार्यालय सुर्खेत बाहिर मतदाताभन्दा शुभचिन्तक, समर्थक, कार्यकर्ताको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो । निर्वाचनको मतपरिणाम भोलि बिहानसम्म आइपुग्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्