Logo
२२ पुस २०८१, सोमबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीमा सिफारिस नगरेको भन्दै पार्टी कार्यालयमा तोडफोड

धनगढी : दार्चुलाको प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामीलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा सिफारिस नगरेको भन्दै अखिल क्रान्तिकारीले नेकपा माओवादी केन्द्र दार्चुलाको पार्टी कार्यालयमा तोडफोड गरेको छ । अखिल क्रान्तिकारीको समूहले मंगलबार माओवादी पार्टी कार्यालयमा रहेका कुर्सी टेबुल तोडफोड गर्दै रजिष्टर तथा लेटर प्याड च्यातेका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज लेखराज भट्टले पत्रकार सम्मेलन गरी सहमतिकै आधारमा डोटीका त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा सिफारीस गरेको दाबी गरेकै भोलिपल्ट दार्चुलामा तोडफोड भएको हो । माओवादी केन्द्रले ७ नम्बर प्रदेश मुख्य मन्त्रीमा डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरेको छ । प्रदेश संयोजक लक्ष्मणदत्त जोशीले मुख्यमन्त्री दार्चुलाले पाउने अवस्थामा उपसभामुख पदसँग साटेको विद्यार्थीले आरोप लगाएका छन् ।

प्रदेशसभाको समानुपातिकबाट आफ्नो श्रीमती निर्मला जोशी बडाललाई सदस्य बनाएर उपसभामुख बनाउने दाउमा मुख्य मन्त्री साटेको विद्यार्थीको आरोप छ ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्