Logo
३ आश्विन २०८१, बिहीबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले-माओवादी एकता यसकारण रोकियो

काठमाडौं : एमाले–माओवादी एक हुने प्रणकासाथ गत चुनावमा होमिएपछि एकता प्रक्रिया रोकिएको छ ।
दुई पार्टीबीच हुने भनिएको एकता एकीकृत पार्टीको मुल नेतृत्वमा पुगेर रोकिएको हो ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक–अर्कोलाई ‘गलाउने’ रणनीति मै केन्द्रित भएको समाचार स्रोत बताउछ । यहि अवस्था रहिरहे हुने भनिएको बाम एकता तत्काल नहुने खतरा देखिएको छ । समाचार सूत्रका अनुशार नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्षबीच पटक–पटक छलफल भए पनि निष्कर्ष निकाल्न नसक्दा एकता रोकिने छाट देखिएको छ ।

एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया रोकिएको छ । एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक एमालेलाई र एक माओवादीले लिने गरी भागवण्डा गर्नुपर्ने माओवादीको अडानमा एमाले सहमत छैन ।

नेतृत्वको छलफलको सन्दर्भमा सुरुमा माओवादी अध्यक्ष दाहाललाई एकीकृत पार्टीको सहअध्यक्षसम्म दिएर पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले आफैं राख्न चाहेको थियो । तर, पछिल्ला छलफलमा एमाले लचिलो बनेर दुई अध्यक्ष प्रणालीसम्मको छलफलमा आएको स्रोतले बताएको छ। एमालेको यो प्रस्तावमा पनि माओवादी मानेको छैन ।

दुवै पार्टी भित्र एकतामा जान नेतृत्वलाई चर्को दबाब परिरहेको बेला एकता प्रक्रिया बीचमा आएर रोकिनु र्दुभाग्य बनेको छ भने कार्यकता पनि नेतृत्वहरु सामु रुष्ट बन्दै गएका छन् ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्