Logo
३ आश्विन २०८१, बिहीबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं १ को संसदीय दलको नेता चयनका लागि माघ २६ मा निर्वाचन हुने

विराटनगर : नेकपा (एमाले) को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ ।

सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो । सो पार्टीको विधानअनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान छ । प्रदेश नं १मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन् । यस प्रदेशमा १४ जिल्ला पर्छ ।

यसैबीच प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सो पार्टीको इटहरीस्थित प्रदेश समिति सचिवालयले तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिमा चूडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल रहेका छन् ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्