Logo
१३ मंसिर २०८१, बिहीबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकियो प्रदेश १ को बैठक, २९ गते सभामुखको चुनाव

विराटनगर :  प्रदेश नम्बर १ को पहिलो संसद बैठक करिब पौने घण्टासम्म बसेर स्थगित भएको छ । पहिलो संसद बैठकमा बोल्दै सांसदहरुले यो प्रदेशलाई सबैले एकजुट भएर समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । निर्धारित समय भन्दा २० मिनेट ढिलो गरेर सुरु भएको प्रदेश सं‌सद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ओमप्रकाश सरवागीले गरेका थिए । सरवागी कांग्रेसबाट समानुपातिकतर्फ प्रदेश सांसद बनेका हुन् ।

बैठकमा बोल्दै नेकपा एमालेका सांसद भीम आचार्यले प्रदेश १ लाई समृद्ध बनाउन सत्ता र प्रतिपक्ष नभनी सबैजना मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य मधेसवादी दलका सांसदहरुले पनि अबको ध्यान प्रदेशको समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा बसेको यो बैठकले माघ २९ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । सुरुमा प्रदेश प्रमुख गोविन्द सुब्बाले संसद बैठक सुरु गर्न पठाएको पत्र सरवागीले पढेर सुनाएका थिए ।

आजको बैठकले माघ २९ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेश सभा कार्यसञ्चाल अन्तरिम कार्य विधि पनि पारित गरेको छ । तेस्रो निर्णय सहसचिव धु्रबु घिमिरेलाई संघीय संसद सचिवालय सचिवको अख्तियारी पनि बैठकले दिएको छ ।

प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । प्रदेश सभामा एमालेबाट ५१, कांग्रेस २१, माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १–१जना सांसद छन् ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्