Logo
३ आश्विन २०८१, बिहीबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली प्रधानमन्त्री बन्ने तर एमाले-माओवादी एकता नहुने : राणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनै नसक्ने दावी गरेका छन् ।  अध्यक्ष राणाले २ पार्टीबीचकै सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने सुनिश्चित भईसकेको पनि स्पष्ट पारे ।

उनले नयाँ सरकार कम्तिमा पनि २ वर्षसम्म टिक्ने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराए ।  सोमबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नयाँ सरकारलाई भारत तथा चीन दुवै मुलुकको साथ रहने पनि बताए ।

उनले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण नयाँ बन्ने सरकारसँग सम्बन्ध सुधारको लागि भएको दावी पनि गरे ।  अध्यक्ष राणाले प्रदेशको राजधानी तोक्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभाकै भएको पनि बताए ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्