Logo
३ आश्विन २०८१, बिहीबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा लाइसेन्स नभइ सवारी चलाउने चालकहरु नियन्त्रणमा

चितवन : शान्ति सुरक्षा कायम गर्न माघ १५ गतेबाट जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा आकस्मिक चेकिङ सुरु गरिएको डिएसपी प्रभु ढकालले जानकारी दिए।

१३ स्थानमा हरेक दिन चेकिङ सुरु गरिएको उनले बताए। माघ १५ गतेबाट अहिलेसम्म गुन्डागर्दीमा सम्लग्न ३७ जना पक्राउ परेका छन् ।लागु औषध ओसार पसार र सेवन गर्ने ७ जना, लाइसेन्स नभइ सवारी साधन चलाउने १ सय ७९ जना, ट्राफिक नियम नमान्ने ६६ जना र नियम उल्लद्यन गर्ने ४ सय ८४ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

ट्राफिक नियम उल्लद्यनका घटना बढी पाइएपछि त्यसमा कडाइ गर्न एसपी दीपक थापाले निकायलाई निर्देशन दिएको बताए।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्