Logo
३ आश्विन २०८१, बिहीबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामलाई मतदान : जनताको अधिकारप्राप्तिको संघर्षलाई पूर्णता

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का नेता एवं राष्ट्रियसभा सदस्यका उम्मेदवार रामबहादुर थापाले जनताको अधिकारप्राप्तिको संघर्षलाई पूर्णता दिन यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।

नेता थापाले आज एक प्रतिबद्धतापत्र सार्वजनिक गर्नुहुँदै संविधान निर्माणपछि पहिलो पटक हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनलाई समाजवादप्राप्तिको यात्राका रुपमा समेत टिप्पणी गर्नुभएको छ । नेपालको संविधानमा दुई सदनात्मक व्यवस्था भएबमोजिम राष्ट्रियसभा सदस्यको निर्वाचन हुन लागेको उल्लेख गर्दै उहाँले राज्यको विधिविधान, शासन प्रशासन तथा विकास बजेटको निर्माणमा अह्म भूमिका निर्वाह गर्ने भएकाले वाम गठबन्धनका उम्ेमदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।

“संविधानको प्रभावकारी कार्यान्वयन तथा आवश्यक परिमार्जन, राजनीतिक स्थायित्व तथा सवल नेतृत्व, सुशासन तथा भ्रष्टाचारमुक्त राज्य, द्रुत विकास तथा समृद्धि, राष्ट्रिय एकता, अखण्डता तथा स्वाभिमानको रक्षा र समाजवादको निर्माण नै राष्ट्र तथा नेपाली जनताका उत्कृट आकांक्षा तथा आधारभूत आवश्यकता हुन्”, नेता थापाको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

शहीद, नेपाली जनताका अधुरा सपना पूरा गर्नसमेत वाम गठबन्धनका उम्मेदवारको विजयी जरुरी रहेको नेता थापाको भनाइ छ । नेता थापा वाम गठबन्धनको तर्फबाट प्रदेश नं ३ बाट राष्ट्रियसभा सदस्यको साझा उम्मेदवार हुनुहुन्छ ।(रासस)

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्