Logo
३ आश्विन २०८१, बिहीबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ सरकार गठनपछि पार्टी एकता हुने– सचिव ज्ञवाली

काठमाडौँ : नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ सरकार नयाँ सरकार गठनपछि पार्टी एकता बताए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले फागुनमा नयाँ सरकार हुने र त्यसपछि मात्र नेकपा माओवादी केन्द्रसँग एकता हुने स्पष्ट गरे ।

उनले भने, “संविधानको अपव्याख्या गर्दा नयाँ सरकार बन्न ढिलाइ भएको हो, सरकार बनेपछि दुई पार्टीबीच एकता हुन्छ” नेता ज्ञवालीले स्थिरता र समृद्धिका लागि वाम सरकार बन्न लागेको बताए । वाम सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्ने उनको भनाइ थियो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको उल्लेख गर्दै उनले भने, “भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर अनावश्यक टीकाटिप्पणी गर्नु आवश्यक छैन ।” दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देश लाग्नुपर्नेमा नेता ज्ञवालीले जोड थियो ।

 

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्