Logo
९ मंसिर २०८१, आईतबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रादेशिक राजधानीको माग राख्दै वीरगन्ज बन्द, सवारी साधनमा तोडफोड

वीरगञ्ज : वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन माग गर्दै आइतबार बिहानैबाट वीरगन्ज बन्द गरिएको छ । आन्दोलनकारीहरुले वीरगन्जको घण्टाघर, माइस्थान , मुर्ली , पावर हाउस चोक, प्रतिमा चोक , नगवा , बहुअरीलगायतका स्थानमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले वीरगन्जमा बिहानैदेखि लामो तथा छोटो दूरीका नीजि तथा सार्वजनिक यातायातका सवारी साधनहरु चल्न दिएका छैनन्। यस्तै वीरगन्जको बजार , शिक्षण संस्थाहरु पनि आइतबार खुलेका छैनन्।

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले आदर्शनगर र घण्टार चोकमा गरी दुईवटा नीजि गाडीमा तोडफोड गरेका छन्। घण्टार चोकमा बी आर ०५ पीए ३०४०नम्बरको भारतीय स्कार्पियो र आदर्शनगर चोकमा बा १० च ८५१३ नम्बरको कारमा आन्दोलनकारीहरुले तोडफोड गरेका हुन्। बिहानैदेखि आन्दोलनकारीहरु चोक चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ।

जनकपुरमा आइतबार बस्न लागेको प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक र त्यसमा सहभागी हुने प्रदेश सांसदहरुलाई खबरदारी गर्नकै लागि बन्द हडतालको आह्वान गरिएको संघर्ष समितिका सह संयोजक एवं पूर्वसांसद राजकुमार गुप्ताले बताए। गत माघ ३ गते सरकारले जनकपुरलाई अस्थायी राजधानी तोकपछि आन्दोलन चर्काएको वीरगन्ज राजधानी संघर्ष समितिले यसअघि माघ ४ गते पनि वीरगन्जमा बन्द हडतालको आह्वान गरेको थियो।

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्