Logo
१२ मंसिर २०८१, बुधबार
(February 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम प्रदेश संसदीय दलको बैठक : नेताका लागि हुन् ३ उम्मेदवार

जनकपुरधाम : प्रदेश नम्बर २ सरकारको नेतृत्व गर्ने तरखरमा रहेको मधेशकेन्द्रित २ मध्ये एक संघीय समाजवादी फोरमको प्रदेश सभा संसदिय दलको बैठक सुरु भएको छ । जनकपुर स्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको विषेश उपस्थित रहेको छ ।

बैठक मुल रुपमा संसदिय दलका नेता चुन्न र भावी रणनीति तय गर्नमा केन्द्रित रहेका राजपा नेता प्रदेश सभा सांसद योगेन्द्रराय यादवले बताए । उनका अनुसार बैठकमा माघ २१ गते अर्थात भोलि हुने प्रदेश नं। २ को पहिलो प्रदेशसभा बैठक एवं अधिवेशनमा के–के एजेण्डासहित प्रस्तुत हुने यस विषयमा समेत छलफल जारी रहेको छ ।

बैठकबाट संसदीय दलको नेता समेत, सचेतक छान्ने र अनुशासन कार्य विधिको विषयमा पनि निर्णय लिने यादवले बताए ।

यसबीच संसदीय दलका नेताका लागि ३ जनाले आआफना दावेदारी दिएका छन् । संसदीय दलका नेता निकै नै महत्वपुर्ण पद मानिन्छ भने सरकारको नेतृत्व समेत संसदिय दलका नेताले नै गर्ने प्रचलन रहि आएको छ ।  यसका लागि लालबाबु राउत, विजय यादव र शैलेन्द्र साहले दावेदारी गरेका छन् ।

प्रकाशित मिति: Feb 3, 2018

प्रतिक्रिया दिनुहोस्