Logo
३ आश्विन २०८१, बिहीबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वराजको भ्रमणबाट दुई देशको सम्बन्ध थप प्रगाढ

काठमाडौँ : परराष्ट्रविद्हरुले भारतीय बाह्यमामिलामन्त्री सुषमा स्वराजको नेपाल भ्रमणबाट नेपाल–भारतबीचको शदियौँ पुरानो सम्बन्ध थप सुमधुर तथा प्रगाढ हुने बताएका छन् । काठमाडौँमा आज आयोजित साक्षात्कारमा उनीरुले आर्थिक समृद्धिको बाटामा अगाडि बढ्न लागेको नेपालले भारतबाट सहयोग खोज्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण मूलरुपमा शिष्टाचार भए पनि भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएका स्वराजसँग नेपाल भारतबीचको सुमधुर सम्बन्धबारेमा नेताहरुबीच विचारविमर्श भएको उल्लेख गरे ।

नेपाल राजनीतिक स्थिरतापछि आर्थिक विकास र समृद्धिमै केन्द्रित छ भन्दै उनले भारतको आर्थिक सहयोग लिएर त्यसको उपयोग गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले नेपालको व्यापारको ठूलो हिस्सा भारतसँग भएकालेसम्बन्ध प्रगाढ बनाउन नेपालले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
ठूलो व्यापार घाटा भएको नेपालको विकासका लागि जलस्रोतको विकास गर्नुपर्नेमा जोड दिँदै उनले वषौँदेखि थन्किएको पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतीय विदेशमन्त्रीको भ्रमणले सघाउ पुग्ने बताए । भारतका लागि पूर्वराजदूत डा दुर्गेशमान सिंहले अहिले बनिरहेको राम्रो वातावरणबीच नै नेपाल भारत सम्बन्धलाई प्रगाढ पार्ने तथा विकासतर्फ अघि बढ्नुपर्ने औँल्याए ।

क्लबमै आयोजित अर्को साक्षात्कारमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्षमणलाल कर्णले केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने विचार पार्टीले तत्काल नबनाएको स्पष्ट पारे ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्