Logo
३ आश्विन २०८१, बिहीबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छुटै नभेटेपछि कमल थापाले गरे स्वराजको लञ्च ‘बहिस्कार’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आफ्नै निवास बालुवाटारमा लञ्चसहित स्वागत गर्दै शुक्रबार भेट गरेका छन् ।

तर, प्रधानमन्त्रीले दिएको दिवाभोजमा सरकारका उपप्रधानमन्त्री कमल थापा भने बहिस्कार गरेका छन् । सरकारले भारतीय विदेशमन्त्रीलाई दिवाभोजले स्वागत गरिरहँदा थापा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएर बसे ।

उपप्रधानमन्त्री थापा चितवन, मकवानपुर र बारातिर घुम्न जाने भन्दै विमानस्थल पुगे पनि मौसमका कारण विमान उडेन र त्यहीँ बस्न बाध्य भए । उपप्रधानमन्त्री थापा हेटौंडाको पूर्वनिर्धारित कार्यक्रममा जानका लागि एयरपोर्ट पुगेका हुन् । तर, उडान ‘डिले’ हुँदासमेत उनी बालुवाटार फर्केनन् र सुष्मासँग भेट गरेनन् ।

भारतीय विदेश मन्त्रीलाई सरकारका तर्फबाट दिवाभोजले स्वागत गर्नु अस्वाभाविक भएको पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाले आफ्ना निकटस्थहरुसँग बताएका छन् । विगतमा भारतीय अधिकारीहरु नेपाल भ्रमणमा आउँदा राप्रपा अध्यक्ष कमल थापालाई बेग्लै भेट दिने गरेका थिए ।

तर, विगतमा २४ सिट जितेर चौथो दल बनेको राप्रपा पछिल्लो निर्वाचनमा एक सिटमा खुम्चिएपछि यसपटक सुष्मा स्वराजले कमल थापालाई अलग्गै भेटवार्ताको सूचीमा राखिनन् ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्