Logo
३ आश्विन २०८१, बिहीबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकको विकास र राजनीतिक स्थायित्व आफ्नो प्राथमिकता : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकास र राजनीतिक स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेपालको भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग आज भएको भेटमा उहाँले भन्नुभयो – “नेपालको विकास र स्थायित्व आफ्ना पहिलो प्राथमिकता रहेको छ । निर्वाचनपछिको वातावरण तथा सरकार गठनबारे पनि आफूहरुबीच छलफल भएको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

नेपालको राजनीतिक स्थायित्व र विकास भारतको चाहना भएको दोहो¥याउँदै मन्त्री स्वराजले त्यसमा भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले संघीय र प्रादेशिक संसद्मा वाम गठबन्धनलाई बहुमत प्राप्त भएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्