Logo
५ आश्विन २०८१, शनिबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाका नेताहरुसँग सामुहिक भेटघाटमा संविधान संशोधनका कुरा

काठमाडौँ : नेपालको दुई दिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बिहीबार राति राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरुसँग सामूहिक भेटवार्ता गरेकी छिन् । भेटका क्रममा उनले मधेसी नेताहरुलाई मिलेर निर्वाचन लडेको र परिणाम राम्रो आएकोमा भारत खुशी भएको बताएकी थिइन् । परेको बेला सहयोग गर्न भारत तत्पर रहेको पनि उनले बताएकी थिइन् ।

होटेल सोल्टी स्थित भएको भेटमा राजपा  नेताहरुले संविधान संशोधनको विषयमा समेत कुरा भएको छ । ‘मैले ओलीजीसंग पनि अहिले यहि कुरा गरेको छु, संशोधन गराउनुस् , भारतले पनि स्वागत गर्छ’ सुष्माको भनाई उदृत गर्दे राजपाका एक नेताले भने ‘ओलीसमेत संशोधनका लागि तयार छन् तपाईहरुले पनि साथ दिनु परो ।’

उनले संविधान संशोधनमा भारतको चासो अझै पनि स्पष्ट रहेको बताएकी छन् । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनसँगै ओली नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेपछि औपचारिक रुपमा भने भारतले आफ्नो नीतिमा परिवर्तन गर्न खोजेको समेत उनले मधेशी नेताहरुसँग गरेकी छन् ।

‘भारत सुमधुर सम्बन्ध चाहेको छ, हामि मिलेर केहि गरौं भन्ने भारतको भावना छ उनको यस्तै भावना पाइयो’ उक्त नेताले भने ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्