Logo
४ आश्विन २०८१, शुक्रबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र भारतबीचको सम्बन्ध मजबुत बनाउन मेरो भ्रमण : स्वराज

काठमाडौँ : भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको बताउनुभएको छ ।

अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताउँदै भन्नुभयो, “नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।”

नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा (एमाले) अध्यक्ष, र राजपा नेता आदिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्