Logo
३१ भाद्र २०८१, सोमबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाउदको फोटो देखाएर सांसददेखि व्यापारीलाई करोडौं माग्दै धम्की 

पोखरा : फेसबुकमा उनीहरुले कुख्यात डन दाउद इब्राहिकको फोटो राख्दै फरार रहेका गुन्डा नाइके मनोज पुनको नाममा सांसद तथा व्यापारीहरुलाई धम्काएर पैसा असुल्न खोज्ने एक समूह समातिएको छ ।

आफुहरु मनोज पुनको समूह भएको भन्दै उनीहरुले पैसा मागेको पीडितहरुले बताएका छन् । एक मनिाअघिदेखि उनीहरुले धम्काउदै आएका थिए । पक्राउ परेकाहरु उपर प्रहरीले संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ ।

कास्की प्रहरीले ४ जनाको समूहलाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ । स्याङ्जा पुतलीबजार घर भई पोखरा बस्ने नरबहादुर गुरुङको समूहले भारतीय नम्बरहरुबाट फोन गरेर सांसद र व्यापारीसँग करोडौं मागेको हो ।

प्रहरीले सो समूहका गुरुङसहित अमृत खड्का,   शिव कार्की र  रामु सुवेदीलाई पक्राउ गरेको छ ।
कास्कीका एसपी अशोक सिंहका अनुसार उनीहरुले का्रग्रेसका प्रदेश सांसद बिन्दुकुमार थापा, जग्गा व्यापारी कालु गुरुङ, मनकामना केबलकारका संचालक राजेशबाबु श्रेष्ठ र अर्का व्यवसायी बोधराज गिरीलाई फोन तथा एसएमएसमार्फत करोडौं मागेका थिए ।

पुनको समूहले विभिन्न व्यक्तिहरुको हत्या गर्दै व्यापारीहरुलाई धम्काएर पैसा असुल्दै आएको र उनको नाममा धम्काउदा पैसा झर्ने ठानेर उनीहरुले यस्तो धन्दा गरेका थिए । आफुहरु मनोज पुनकै समूह रहेको भनेर बिश्वासमा पार्न भारतीय सिमकार्डहरु प्रयोग गर्दै आएका थिए ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्