Logo
४ आश्विन २०८१, शुक्रबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख चयनका लागि प्रदेश नं. ३ मा माघ २७ गते निर्वाचन

काठमाडौं : हेटौँडामा बसेको प्रदेश नं. ३ को संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । दिँउसो १ बजे बजेदेखि २ बजेसम्म १ घण्टा चलेको बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ ।

यस्तै संसद नियमावली नबन्नुजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्यविधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छन् । पहिलो बैठकमा विभिन्न दलका प्रतिनिधी सांसदहरुले मन्तब्य राखेका छन् ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्