Logo
३ आश्विन २०८१, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फूलचोकी जाँदा बेपत्ता भएका विद्यार्थी ६ दिनपछि भेटिए

काठमाडौं : हाइकिङका लागि फूलचोकी जाँदा बेपत्ता भएका एक विद्यार्थी ६ दिनपछि भेटिएका छन् । अहिले उनको उद्दार गर्न प्रहरी र अभिभावकको टोली त्यसतर्फ गएको छ । अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले अहिले जोनलाई लिन प्रहरीसहितको टोली त्यसतर्फ गएको बताए ।

गत बिहीबार विद्यालयका प्रिन्सीपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएकोमा फर्किने क्रममा उनी बेपत्ता भएका थिए । ललितपुरको धसिखेलको अजय शिक्षा सदनमा अध्ययन गर्ने १७ वर्षीय विद्यार्थी जोन तामाङ ६ दिनपछि फूलचोकीको जंगलमा सकुशल भेटिएका हुन् । उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोली खटिएको थियो ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्