Logo
३ आश्विन २०८१, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशबाट ज्यान मार्ने धम्की : अधिवक्ताद्वारा प्रशासनमा निवेदन

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै दिएको निवेदनमा डा. भण्डारीले पराजुली र उनका मान्छेबाट आफ्नो ज्यानमाथि नै खतरा रहेको उल्लेख गरेका छन् ।

आफूलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘ज्यान मार्ने’ भन्दै धम्क्याएको र त्यसपछि अज्ञात समूह आफ्नो कार्यालयमा आएर त्रासको वातावरण कायम राखेको भन्दै उनले प्रशासनमा शान्ति सुरक्षाको बुधबार निवेदन दिएका हुन् ।अधिवक्ता डा. भण्डारीले अदालतको अपहेलना सम्बन्धी मुद्धामा डा. गोविन्द केसीको पक्षमा बहस गरेका थिए । प्रधानन्यायाधीश पराजुलीले गोविन्द केसीको पक्षमा किन लागेको भन्दै आफूलाई ज्यान मार्ने धम्की दिएको डा. भण्डारीले आरोप लगाएका छन् ।

आफूलाई केही भए पराजुली नै दोषी हुने उनको भनाई छ । यस्तै डा. भण्डारीले प्रहरीमा पनि उजुरी दिएका छन् । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा गएर दिने व्यक्तिको फोन नम्बरसहित उजुरी दिन भनेपछि डा. भण्डारीले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन् । प्रहरी समक्ष उनले कल डिटेलसहित छानविन गर्न माग गरेका छन् । आफूलाई मंगलबार कार्यालयमै तीन चारजनाको व्यक्तिले धम्क्याएको तथा टेलिफोनबाट पनि धम्की दिएको उनको भनाई छ ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्