Logo
३ आश्विन २०८१, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन निवेदन

काठमाडौं : प्रध्यापक/डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । डा. केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारी लगायतले बुधबार निवेदन दिएका हुन् ।

डा. केसीविरुद्ध परेको अदालतको मानहानी मुद्दामा सर्वोच्चले पराजुलीको नागरिकताको प्रतिलिपीका साथै शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको थियो ।  उनीहरुले पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको प्रतिलिपी, उमेर फरक हुनुको कारण र त्यसबेलाको मिसिल फाइल सिफारिस र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन् ।

 

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्