Logo
१० मंसिर २०८१, सोमबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाम गठबन्धनबाट राजपा फोरमलाई उपराष्ट्रपति/सभामुख र ४ मन्त्रिको प्रस्ताव

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनले मधेश केन्द्रित दलहरुलाई सत्ता गठबन्धनमा सहभागी गराउने कसरत थालेका छन् । यसका लागि एमाले माओवादीले राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई भागबण्डामा समेत हिस्सेदारी बनाउनेसम्मको रणनीति तय गरेका हुन् ।

वाम गठबन्धनले राजपा–फोरमलाई उपराष्ट्रपति, सभामुख र केहि मन्त्रालय समेत दिने रणनीति तय गरेका हुन् । प्रतिनिधि सभामा राजपाको ११ ओटा सिट छ, भने फोरमको १० ओटा रहेको छ । समानुपातिक तर्फ राजपा फोरमले ६/६ ओटा पाउनेछन् । यो समेत जोड्दा जम्मा ३३ सिट हुने छ । वाम गठबन्धनको तर्फबाट अनौपचारिक रुपमा यस्तो प्रस्ताव आएपनि यस प्रस्तावबारे छलफल गर्न तयार भए एमाले अध्यक्ष केपि शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफै वार्ता गर्ने तयारीमा रहेको श्रोतको दावी छ ।

तर राजपा फोरमले संविधान संशोधनको विषयमा वाम गठबन्धनले आफ्नो धारणा अघि सारे मात्र बस्न सकिने बताएका छन् । राजपा–फोरमले संविधान संशोधनको विषयलाई अहिले पनि मुख्य एजेण्डाको रुपमा बनाइरहेको छ । पहिला यसबारे कुनै औपचारिक धारणा आए मात्र वाम गठबन्धनसँग सहकार्य आदिबारे कुरा अघि बढ्न सक्ने राजपा फोरमका नेताहरुको भनाई रहेको छ, भन्दै आजको जनता पोष्टमा खबर छ ।

पछिल्लो समय एमालेका नेताहरुले हामिसँग सहकार्य गर्न खोजेको छ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले संसोधनबारे कुरा मिले गठबन्धनसँग सहकार्य हुनसक्ने बताए । ‘कांग्रेसको कुनै धार नै छैन, फेरि हामि काँग्रेसकै पथमा रहिरहनेछौं भन्ने होइन हाम्रो आफनै पथ छ, हामी डेमोक्रेट हौं, हाम्रो धार डेमोक्रेटिक नै रहनेछ । तर, सहकार्य/तालमेल भने मुद्दाका आधारमा हुनेछ ।’ यादवले भने वाम गठबन्धनले संशोधनबारे स्पष्ट धारणा अधि सारोस् हामि सहकार्य गर्न तयार छौं ।

‘वाम गठबन्धनले हामिलाई राष्ट्रपति, सभामुखदेखि ४/५ ओटा बिभिन्न मन्त्रालयहरु दिन सक्ने प्रस्ताव गरेका छन् ।’ उनले भने पद ठुलो कुरा होइन हाम्रा संशोधनको मुद्दाबारे हामिले उहाँहरुसँग स्पष्टठ धारणा मागेका छौं, यदि साकारात्मक धारणा आए हामि औपचारिक रुपमा वार्तामा बस्ने छौं ।’ ‘निश्चय पनि डेमोक्रेटिक धारबाट संशोधन प्रस्ताव पास हुँदैन, यसमा हामि क्लियर छौं, पास गर्ने संख्या भनेको वामसँग नै छ । वामले हाम्रो मागलाई सम्बोधन गर्छ भने वामसँग सहकार्यको सम्भावना छ । त्यसका लागि वाम गठबन्धन तयार हुनुपर्छ, उहाँहरुले सरकार बनाएपनि मधेशले उक्त सरकारलाई अपनत्व मान्ने छैन’ उनले भने मधेशको समेत अपनत्व सरकार हुनका लागि उक्त सरकारमा हाम्रो पनि सहभागिता आवश्यक छ तर त्यसका लागि संशोधन मुद्दामा उहाँहरुको सहकार्य आवश्यक छ ।

किन की संशोधनकै लागि हामि मधेशी जनताले हो पठाएको तर्सथ हामि विना संशोधन कुनैपनि पदीय भागवपण्डामा हाम्रो सहकार्य हुने छैन । उनले भने देशलाई द्वन्द्वमा लान्छ कि शान्ति सम्बृद्धिमा लान्छ त्यो एमाले/माओवादीकै हातमा छ । गठबन्धनले सरकारलाई राष्ट्रिय स्वरुप र मधेशको समेत अपनत्व हुने गरि वाम यस्तो रणनीति बनाएको बताइएको छ । ‘निश्चत रुपमा अब बन्ने सरकारलाई मधेशले समेत अपनत्व मान्ने खालको स्वरुप दिने प्रयास वाम गठबन्धनको रहेको छ’ माओवादी नेता मातृका यादवले भने ‘यसका लागि वामगठबन्धन र मधेश गठबन्धनबीच बिभिन्न कुराकानी चल्दैछ ।’

‘राजपा–फोरम पनि यो देशको एउटा प्रमुख राजनीतिक शक्ति मध्येका एक हुन’ उनले भने ‘मधेशको भावनालाई समेटन समेत मधेशी दलसँग सहकार्यको आवश्यक्ता हुन्छ ।’ मधेशी जनताले हामिलाई मत नै दिएको होइन भन्ने होइन तर राजपा फोरमले मधेशकै नाममा मत्त पाएकै हुन् तर्सथ उहाँहरुसंग सहकार्य गर्नु अतिआश्यक रहेको र यसबारे हाइकमाण्डमा छलफल जारी रहेको उनले बताए । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालको छलफलपछि एमाले नेता अग्नी खरेलले राजपा फोरमका नेताहरुलाई गठबन्धनको तर्फबाट प्रस्ताव गरेको श्रोतको दावी छ । सरकारलाई राष्ट्रिय स्वरुप दिदै भारतलाई समेत रिझाउन वाम गठबन्धनले यस्तो रणनीति तय गरेको श्रोतको दावी छ ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्