Logo
३ आश्विन २०८१, बिहीबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानी संस्थानले १ करोड बक्यौता असुल्न बाँकी

सप्तरी : खानेपानी संस्थान राजविराजले २०७४ पुस मसान्तसम्म रु एक करोडभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ । ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व संकलन प्रभावित भएको छ भने नयाँ ग्राहक थप्न समस्या भइरहेको छ । कार्यालयका अनुसार विभिन्न संघसंस्था, विद्यालय र सरकारी कार्यालयलबाट रु एक करोड ११ लाख ६० हजार बक्यौता रकम असुल्न बाँकी रहेको छ ।

पूर्व सचिव विन्देश्वरप्रसाद सिंहबाट रु एक लाख १२ हजार, जिल्ला साझा संघबाट रु एक लाख ३१ हजार, केशो अनिरुद्धवती माध्यमिक विद्यालयको रु १ लाख २९ हजार, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको रु एक लाख २९ हजारलगायत अन्यबाट पानीको महसुल असुल गर्न बाँकी रहेको खानेपानी संस्थान राजविराजले जनाएको छ ।

बक्यौता रकम बुझाउन कार्यालयले पटक पटक ताकेता गर्दा पनि बुझाउन नमानेका कतिपय ग्राहकको खानेपानीको धाराको लाइन काटिने कार्य शुरु गरेको संस्थानका लेखा अधिकृत अजय बरियैत यादवले बताए । विसं २०५६ देखि संस्थानले वितरण गर्दै आएको खानेपानी धारा हाल राजविराज नगरपालिकाको दुई हजार ४७९ को घरमा जडान गरिएको छ ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्