Logo
३ आश्विन २०८१, बिहीबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा ८ महिनाकी बालिका नाता पर्ने दाइद्धारा बलात्कृत

काठमाडौँ : आइतबार भारतको राजधानी दिल्लीमा ८ महिनाकी बालिकामाथि बलात्कार भएको छ । ८ महिनाको बालिकामाथि बलात्कार गर्ने ति व्यक्ति नातामा बालिकाको आफ्नै २८ बर्षिय काकाको छोरा रहेको छन् ।

बालिकाको अवस्था गम्भीर रहेको र उनको दिल्लीकै अस्पतालमा उपचार भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बालिकालाई आइतबार अस्पताल लगिएको हो ।

घटना आइतबारको भए पनि सोमबार मात्रै बाहिर आएको हो । प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ । दिल्लीको महिला आयोगकी प्रमुख स्वाती कालिवालले बालिकाको अवस्था निकै डरलाग्दो रहेको बताएकी छन् ।

बालिकाको उपचारको क्रममा तीनघण्टा लामो उपचार गरिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्