Logo
२५ पुस २०८१, बिहीबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबारदेखि ३५ दिनसम्म नेपालगन्ज विमानस्थल बन्द रहने

नेपालगन्ज : धावनमार्ग मर्मत सम्भार गर्नका लागि दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म नेपालगन्ज विमानस्थल बन्द गरिने भएको छ । मंगलबारदेखि ३५ दिनसम्म विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द गरिने नागरिक उडड्यन प्राधिकरण कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले बताए। उनले आजदेखि दैनिक १५ घन्टा धावनमार्गमा मर्मतको काम हुने जानकारी दिए ।

विमानस्थलको धावनमार्गलाई हरेक ५ देखि ७ वर्षको अबधिमा नियमित मर्मत सम्भार गर्नुपर्छ। ‘यसपटक करिब १ हजार ५ सय मिटर लामो धावनमार्ग सहित आवश्यक क्षेत्रमा मर्मतको काम हुनेछ,’ तिवारीले भने, ‘सो क्रममा कालोपत्रमा एक लेयर (तह) थपिनेछ ।’ करिब १३ करोडको लागतमा हुन लागेको मर्मत संहारको काम पप्पु कन्सट्रक्सनले गर्दैछ । नेपालगन्ज विमानस्थलबाट काठमाडौंका लागि दैनिक आधा दर्जन तथा कर्णाली क्षेत्रमा एक दर्जन बढी गरेर सरदर दैनिक २० वटा उडान तथा अवतरण हुँदै आएका छन् ।

बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएका कारण बिहानका उडान नियमित नभइरहेका अवस्थामा साँझ विमानस्थल बन्द गरिँदा नेपालगन्जबाट काठमाडौं लगायत कर्णाली क्षेत्रका जिल्लामा हुने उडान प्रभावित हुने गोरखा एयरका स्टेशन म्यानेजर उपेन्द्र श्रेष्ठले बताए । मौसमका कारणबाहेक नेपालगन्जबाट भइरहेका उडान प्रभावित नहुन् भनेर साँझपखका उडानहरुलाई बिहान ६ देखि दिउँसो ३ बजेको अवधिमा सारिएको विमान स्थलका प्रमुख तिवारीले बताए ।

 

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्