सहिद दिवसको पुर्व सन्ध्यामा सरकारले फेरि थप्यो ८ जना सहिद
काठमाडौँ : सरकारले सहिद दिवसको पुर्व सन्ध्यामा फेरि आठजनालाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले थप आठजनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठका अनुसार माओवादीले चलाएको सशस्त्र द्वन्द्वका क्रममा मारिएका स्याङ्जाका देवान सिंह (सनी), देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षेत्री, नेत्रनारायण भण्डारी, रणबहादुर गुरुङ र रुद्रबहादुर गुरुङलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।