Logo
३ आश्विन २०८१, बिहीबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सके सकेमा मात्र शहीदप्रति सच्चा सम्मान’

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताएकी छन् । ‘शहीद दिवस २०७४’का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई हामीले सधैँ ख्याल गर्नुपर्ने बताउँदै भन्छिन्, “सबैलाई राष्ट्र निर्माणको महायज्ञमा स्वतः स्फूर्तरूपले समाहित हुन प्रेरणा प्रदान गर्ने ज्ञातअज्ञात शहीदको सपना साकार पार्नका लागि कृतसंकल्पित बन्न अभिप्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

राष्ट्रपति भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको प्रतिफलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने उल्लेख गरेकी छन् ।

समृद्ध राष्ट्रको सपना साकार पार्न उपराष्ट्रपतिबाट आग्रह
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्नका लागि एक भएर लाग्न सबैलाई आग्रह गरेका छन् । सबैखाले आन्दोलनमा नेपाली वीर सपुतको बलिदानी रहेको स्पष्ट पार्दै उपराष्ट्रपति पुनले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको बलिदान दिने शहीदको योगदानको उच्च मूल्यांकन गर्दै शहीद परिवारजनमा उच्च सम्मान अर्पण गरेका छन् । उपराष्ट्रपतिले पछिल्लो चरणमा भएका निर्वाचन र त्यसपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेसँगै शहीदका सपना पूरा हुँदै गएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्