Logo
४ आश्विन २०८१, शुक्रबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय अनुसन्धानद्धारा राधानीबाट १२ जना ‘नक्कली डाक्टर’ पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन ।

मेडिकल काउन्सिलका एक अधिकारीका अनुसार अनुसंधानका लागि १२ जना पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले विवरण सार्वजनिक गरिएको छैन ।, शंका पुष्टि हुन नसके उक्त डाक्टरहरुलाई रिहाई गरिने छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा सोमबार १२ जनालाई पक्राउ गरेको बताइएको छ ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्