अस्थिरता चाहनेहरुको योजना पूरा हुन दिन्नौँ : प्रचण्ड
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा परिवर्तन नचाहनेहरुले अस्थिरता चाहिरहेको बताउँदै कम्युनिष्टहरुले उनीहरुको चाहना पूरा हुन नदिने बताएका छन् । ‘अब कम्युनिस्टहरुको एकतालाई कसैले रोक्न सक्दैन,’ उनको भनाई थियो । अध्यक्ष प्रचण्डले भने, ‘हामी जसरी पनि देशलाई आर्थिक समृद्धितिर लैजान्छौँ, हिजो बन्दुकको आवश्यक्ता थियो तर आज कलमको आवश्यक्ता छ ।’
यसलाई जसरी हुन्छ राम्रो र प्रभावकारी बनाउनु पर्ने अध्यक्ष प्रचण्डले बताए । सोमबार विहान तिनकुने स्थित प्रेस सेन्टरको चौधौँ स्थापना दिवस तथा महिला दिवसको भेला प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताले देशमा कम्युनिष्टहरु एकताबद्ध हुन जनमत दिइसकेकाले यसलाई पुरा गरेरै छाड्ने बताए ।