Logo
४ आश्विन २०८१, शुक्रबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाबाट सोनल सभामुख र फोरमबाट देव उपसभामुख बन्दै

काठमाडौं : गठबन्धन गरी प्रदेश नम्बर २ मा सरकार बनाउने तयारीमा रहेको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले सभामुख उपसभामुखबारे आन्तरिक सम्झदारी गरेको छ । सम्झदारी अनुसार राजपाले सभामुख र फोरमले उपसभामुख लिने सहमती गरेका हुन् ।

त्यस्तै मुख्यमन्त्री फोरम र उपमुख्यमन्त्री सहित प्रमुख मन्त्रालय राजपाले लिने यसअघि नै सहमती भइसकेको छ ।
यद्यपी औपचारिक रुपमा यी दुई दलले नेतृत्व गर्ने नेताहरुको नाम भने प्रस्तूत गरेका छैनन । तर समाचार श्रोतका अनुसार राजपाले जितेन्द्र सोनललाई सभामुखका लागि अघि सार्ने भएका छन् । त्यस्तै फोरमले उपमा देवलाई उपसभामुखका लागि प्रस्तूत गरेको छ ।

राजपा श्रोतले भन्यो ‘रामनरेस राय यादव वा मनिष सुमन पनि हुनसक्छ तर पार्टी अन्तरगतको ठाकुर खेमाले सोनलको नाम प्रस्तूत गरेका छन् ।’ उता बरिष्टताका अधारमा महतो खेमाले नवलकिसोर साहलाई उपमुख्यमन्त्री सहित महत्वपुर्ण मन्त्रालयका लागि प्रस्तूत गरेका छन् । त्यस्तै पार्टीमा बरिष्ठ नेता रहेका रामनरेसलाई पनि महेन्द्र खेमाले नेतृत्वका लागि प्रस्तूत गरेका छन् ।

राजपा महासचिव मनिषकुमार सुमनले अहिलेसम्म पार्टीले कसैको नाम सिफारिस वा प्रस्तूत नगरेको बताए । ‘म स्वंय पार्टीबाट नेतृत्व गर्न तमत्यार छु र सक्षम पनि’ उनले भने पार्टीले अहिलेसम्म यसबारे कुनै औपचारिक धरणा अघिसारेका छैनन् ।

संवैवाधानिक प्रावधानअनुसार प्रदेशसभाको बैठक सुरु भएको १५ दिन भित्र सभामुख चुनिसक्नु पर्ने नियम छ । प्रदेश प्रमुखले आउदो २१ गतेका लागि प्रदेशसभाको बैठक डाकेको छ । नियमअनुसार त्यही दिनको बैठकले प्रदेशको नाम समेत तय गर्नेछन् भने राजधानी कहाँ राख्ने त्यसलाई पनि अनुमोदन गर्ने छ ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्