Logo
४ आश्विन २०८१, शुक्रबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले प्रचण्डलाई भने ‘एकता महाधिवेशनसम्म कुनै पद दिन सकिदैन’

काठमाडौं : निर्णायक विन्दुमा पुगेको भनिएको एमाले अध्‍यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहालबीचको छलफलमा एक अर्काबीचमा प्रष्ट कुराकानी भएको छ । समाचार श्रोतका अनुसार आइतबार भएको केपी प्रचण्ड वार्तामा ओलीले एकता महाधिवेशनसम्म कुनै पद दिन नसकिने बताएका छन् ।

यद्यपी, बिहान १० बजेदेखि ललितपुरको मानभवनमा जारी छलफलमा ओली र दाहालबीच वाम एकता निर्णायक विन्दुमा पुगेको दाहालका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले जानकारी दिए । छलफलमा राष्ट्रियसभा चुनावमा वाम उम्मेदवारलाई जिताउने र नयाँ सरकार गठनमा पहल गर्नुका साथै पार्टी एकताबारे छलफल भएको एमाले सचिव प्रदीप ज्ञवालीको भनाइ छ ।

तर श्रोत भन्छन् ‘केपीले प्रचण्डलाई एकता महाधिवेशनसम्म कुनै पद दिन सकिँदैन भन्दै स्पष्ट पारेका छन् ।’ श्रोतका अनुसार एकता महाधिवेशसम्म आआफ्नै हैसियत अनुसार पार्टी अगाडी बढाउने सम्मको कुराकानी भएको छ ।

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्