Logo
४ आश्विन २०८१, शुक्रबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गरिबीको मारभित्रका जनजिवन शीतलहरबाट प्रभावित

कठामाडौं : पूर्वी तराईका विपन्न बस्तीमा रुवाबासी भई प्रदेश २ सहित मधेसका २२ जिल्ला शीतलहरबाट प्रभावित भए। बाढीपीडित, किसान, बालबालिका, ज्येष्ठ नागरिक र दलित बस्ती उच्च जोखिममा परी सप्तरी, सिरहा र रौतहटमा गरी ४८ जनाले ज्यान गुमाए र यो वर्ष पनि सरकारले शीतलहरको मारमा परेकालाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गर्‍यो। एक जिल्लाबराबर १० लाख रुपैयाँको कम्बल, दाउरालगायत न्यानो सामग्रीसमेत बाँडिए र केही राजनीतिक दलका भ्रातृ संगठन, एनजीओ र कलाकारले पनि ब्ल्यांकेट बाँडेका छन् ।

मानवअधिकार आयोगले स्थलगत अनुगमन गरी बाढीपीडित, मधेसका दलित बस्ती तथा न्यून आयस्रोत भएका मानिस उच्च जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गरी शीतलहरबाट जोगाउन यथाशीघ्र तत्कालीन र दीर्घकालीन उपाय अपनाउन सर्वोच्च अदालतले सरकारलाई यसअघि नै आदेश दिइसकेको हो। राष्ट्रिय आपतकालीन कार्य सञ्चालनको बैठक बसि शीतलहरबाट जोगिने विभिन्न उपायसहितको सूचना जारी गर्‍यो।

शीतलहरपीडितको घरमा स्थानीय जनप्रतिनिधि नै ब्ल्यांकेट र दाउरा लिएर पुगे। महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले १५ दिनसम्म निरन्तर शीतलहरपीडितलाई दाउरा र ब्लांकेट बाँडेका छन् शीतलहरले मानिसको ज्यानै लिन थालेपछि मात्रै उद्दारमा जुट्न सरकारी प्रयासहरू निस्प्रभावी भइरहेको देखिन्छ।

मधेसका विपन्न समुदाय शीतलहर, बाढी, सर्पदंशजस्ता तेहेरो समस्यासँग जुधिरहेका छन्। जुन जिल्ला मानव विकास सूचकांकमा सबैभन्दा पछाडि छ, त्यही जिल्लाका नागरिक प्रत्येक मौसमी फेरबदलसँगै मृत्युको मुखमा पुगिरहेका छन्।

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्