Logo
४ आश्विन २०८१, शुक्रबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री-मन्त्रि र सभामुखको टुंगो लगाउँदै एमाले-माओवादी कार्यदल

काठमाडौं : प्रदेश सरकार गठनमा सहमति जुटाउन एमाले माओवादीले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । बैठकले प्रदेश मुख्य मन्त्रीको टुङ्गो लगाउने कार्यदलले जनाएको छ । सिंहदरवारमा बस्ने बैठकमा प्रदेशका मुख्यमन्त्री, सभामुख, प्रदेश मन्त्रीपरिषद लगायतका विषयमा छलफल हुने कार्यदलका संयोजक एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

प्रदेश नम्बर २ बाहेक बाँकी ६ वटै प्रदेशमा बहुमत भएकाले बाम गठबन्धनको सरकार बन्ने निश्चित छ । कार्यदलको दोस्रो बैठकमा माओवादी केन्द्रले मुख्य मन्त्री र सभामुख फरक फरक दलबाट हुनुपर्ने प्रस्ताव गर्दै २ मुख्य मन्त्री र ४ सभामुख पाउनुपर्ने माग गरेको छ भने एमालेले ४ मुख्यमन्त्रीसँगै ४ वटै सभामुखमा दाबी गरेको थियो । मुख्यमन्त्रीको विषय कार्यदलले नै टुंगो लगाउने कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताए ।

दुवै पक्षले राखेका प्रस्तावमाथि छलफल गरेर कस्ले कति पाउने भन्ने विषय सकेसम्म आजै टुङ्गो लगाउने नेम्वाङले बताए । कार्यदलले प्रदेशका मुख्यमन्त्री र सभामुखको बाँडफाँडबारे भएको प्रगतीका बारेमा शुक्रबार दुबै पार्टीका अध्यक्षलाई जानकारी गराएको थियो ।

 

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्