Logo
३१ भाद्र २०८१, सोमबार
(January 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषाबाट आयो दुखःद् खबर : ६ जनाको मृत्यु

जनकपुरधाम : धनुषामा टाटा सोमु दुर्घटना हुँदा चालकसहित ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटासोमु तिब्र गतिमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका पोर्ताहास्थित कमदला नदिको पुल नजिक राति २ः३० बजे सडकबाट उत्तरतर्फ रहेको पोखरीमा खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ज्यान गुमाउनेमा संखुवासभा धर्मदेवी वडा नम्बर ९ का नयाराज जिमी, खोटाङ निर्मल डाँडाका ज्ञानबहादुर चौहान, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, विराटनगरका शारदा रेग्मी दाहाल, मोरङका बलराज न्यौपाने, पाँचथर रविका प्रनिता राई रहेको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिनुभयो ।

घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था समान्य रहेको उहाँले बताउनुभयो । टाटासोमुमा १० जना सवार रहेका थिए । अत्यधिक गतिको कारण मोडमा गाडी कन्ट्रोल गर्न नसकी सुमो दुर्घटना भएको प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति: Jan 27, 2018

प्रतिक्रिया दिनुहोस्