Logo
२ माघ २०८१, बुधबार
(January 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुतावासमा यसरी मनाइयो गणतन्त्र दिवस, क-कस्ले के-के पाए ?

काठमाडौं : काठमाडौंस्थित् भारतीय दुतावासले ६९ औं गणतन्त्र दिवसको अवसरमा बिभिन्न शुक्रवार बिहान औपचारिक कार्यक्रम गरि मनाएका छन् । दुतावास परिसरमा आयोजित औपचारिक कार्यक्रममा राजदुत पुरीले भारतको राष्ट्रिय झण्डा फहराएर र भारतीय राष्ट्रपति रामनाथ कोभिन्दको सन्देश वाचन गरेर सुनाएका थिए ।

झण्डोत्तलन कार्यक्रममा झण्डै एक हजार भारतीय नागरिक तथा भारतका मित्रहरुको सहभागिता रहेको थियो ।नेपालस्थित् केन्द्रिय विद्यालय, द मोर्डन ईण्डियन स्कुल र भारतीय साँस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले राष्ट्रिय गाना गाएका थिए भने उक्त प्रस्तुतिमा नेपाल आर्मी ब्याण्डको सहभागिता थियो । उक्त अवसरमा, राजदुत पुरीले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा राजदुत पुरीले ३० वटा एम्बुलेन्सका चावी समेत हस्तान्तरण गरेका थिए । त्यस्तै, विभिन्न अस्पताल, गैर–नाफामुलक संस्था र शैक्षिक संस्थाहरुलाई ६ वटा बसका साँचो हस्तान्तरण गरे । सन् १९९४ देखि अहिलेसम्म भारतीय सरकारले नेपाललाई ६६० वटा एम्बुलेन्स र १३० वटा बसहरु प्रदान गरेको दुतावासद्धारा जारी विज्ञप्तीमा भनिएको छ । त्यस्तै विभिन्न शैक्षिक संस्थाहरुलाई र पुस्ताकालयलाई समेत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्