Logo
३१ भाद्र २०८१, सोमबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जंगली हात्तीको कारण स्थानीय बासीमा दियो समस्या

झापा : झापाको पृथ्वीनगर, जलथल, पथ्थरिया, घेराबारी, बालुबारी, सुक्नाडिगी, तारावाना गाउँका स्थानीय यतिवेला रातको समयमा हात्ति धपाउनका लागि आगो बालेर जागै बस्नुपर्ने बाध्यता रहेको झापा कचनकवल गाउँपालिका वडा नम्बर ३ का स्थानीय चुडाराज भट्टराईले बताए ।

कचनकवल र हल्दिबारी गाउँपालिकाको बिचमा रहेको चारकोसे झाडी भन्ने जंगलबाट दैनिक आउने जंगली हात्तीले स्थानीयले लगाएका बाली खाएर तथा कुल्चेर नष्ट गर्ने गरेकोले रातको समयमा जागै बस्न परेको बताए ।

जंगली हात्तीले मेचीनगरको बाहुनडाँगी, दमक, शिवसताक्षी, भद्रपुर, अर्जुनधारा नगरपालिका सहित हल्दिबारी, कचनकवल गाउँपालिकाका विभिन्न बस्तीमा बर्षेनी हात्तीले क्षति पुर्याउँदै आएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्