Logo
३१ भाद्र २०८१, सोमबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध हुण्डीको कारोबारमा संलग्न ४ पक्राउ

मोरङ : कार्यालय नै खोलेर अबैधरूपमा हुन्डीको कारोबारमा संलग्न ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका–११ बस्ने २४ वर्षीय निरन्जन कुमार साहसहित अन्य ३ जना रहेका छन् ।

गैरकानुनी रूपमा  हुन्डीको कारोबार गरिरहेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिहीबार ३६ लाख १८ हजार २ सय ५० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेकोहो । उनीहरुको साथबाट भारतीय एयरटेल कम्पनीको एउटा सिम कार्ड र डायरी लगायतका कागजात बरामद भएका छन् । उनीहरुलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि सम्पति शुद्धिकरण अनुसन्धान बिभाग पुलचोक ललितपुरमा पठाएको छ ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्