Logo
२१ कार्तिक २०८१, बुधबार
(January 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन ३ गते ८०  न्यायाधीश नियुक्तिसम्बन्धी विवादको निर्णय 

काठमाडौँ : सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको निर्णय आगामी फागुन ३ गते सुनाउने भएको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा आज सुनुवाइ सकिएपछि सो को निर्णय आगामी फागुन ३ गते सुनाउने भएको हो ।

गत वर्ष पुस २९ गते उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपुर्‍याइ दलगत स्वार्थका आधारमा गरिएको भन्दै सरकारी वकिल कार्यालयका नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डीलहरि शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट निवेदन दायर गरेका थिए ।

न्यायपरिषद्का दुई सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाको अनुपस्थितिमै न्यायाधीशका लागि नाम सिफारिश भएको थियो। तत्कालीन परिषद् अध्यक्ष प्रधानन्यायाधीश सुशीला कार्की, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायक र परिषद्का सदस्य पदमप्रसाद वैदिकमात्र बैठकमा उपस्थित भएको हस्ताक्षर थियो।(रासस)

प्रकाशित मिति: Jan 25, 2018

प्रतिक्रिया दिनुहोस्