Logo
३ आश्विन २०८१, बिहीबार
(January 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतो र झा चुनाव जितेकोमा भारतीय राजदूत पुरी आश्चर्यमा परेपछि …!

काठमाडौं : भारतीय राजदूत मञ्जिवसिंह पुरीले मधेशकेन्द्रित दलले पाएको चुनावी परिणामबाट आफू आश्चर्यमा परेको बताएका छन् । ‘यहाँ कतिपय यस्ता पनि संसदजीहरु छन् जो जितेर नै आउनेछन् भने मलाई लागेको थिएन । राजपा नेता राजेन्द्र महतो र अनिलकुमार झाप्रति अंकित गर्दै पुरीले भने,‘हामिलाई त विश्वास थिएन तर जनताले जिताएर पाठाएका छन् त्यसैले जनतालाई उहाँहरुले अभार ब्यक्त गर्नै पर्दछ ।’

गजेन्द्रनारायाण सिंह प्रतिष्ठानले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा पुरीले यसरी बोलिरहँदा दर्शक दिर्घामा रहेका सहभागीहरुले पुरीको भनाइको बिभिन्न अर्थहरु निकाल्दै थिए । एक सहभागीले भने ‘पुरीले आज समान्य त्वरबाट भाषण दिएका होइनन् उनले मधेशी नेताहरुलाई घुमाउरो त्वरबाट अपमान गर्ने प्रयास गरेका हुन् ।’ ‘डिप्लोमेसी भाषा यो ठुलो झापड हो उक्त सहभागीले तर्क गर्दै भने ‘किन की मधेशी नेताहरु दुतावस आर्थिक समेत सहयोग लिदै आएकाछन् त्यसैले दुतावासवालाहरु जे बोले पनि उनीहरु मात्र सुनेर बस्नुको अर्को बिकल्प छैन ।’

पुरीको यो उक्त भाषण करिब करिब कार्यक्रको अन्त्यसम्म चर्चाको बिषय बनेको थियो । आफ्ना भाषण दिए लगतै कार्यक्रमबाट बाहिरिएका पुरीको भाषण पानी/खाजा/चिया खाने लाइनदेखि बाथरुमसम्म समेत चर्चाको विषय बनेको थियो । पुर्वराष्ट्रपतिदेखि मन्त्री, पुर्वमन्त्री, संसद, बिभिन्न दलका नेता कार्यकर्ता समेत वकिल, पत्रकार लगायत सयौं सहभागीबीच पुरीको भाषणबारे चर्चा चलिरहदा यसबारे तर्क बितर्क गर्नेहरुको पनि कमि थिएन । समाजिक कार्यक्रता जय निसान्तले पुरीको भाषणबाट धेरै अर्थ निकाल्न सकिएपनि उनले मधेशीको स्तर समाझाउने उद्देशयले उक्त कुरा भनेको हुनसक्ने बताए ।

गजेन्द्रनारायणलाई बिर्से मधेशी दल
मधेश केन्द्रित राजनीतिका रचयीता नै कहलिएका स्व. गजेन्द्रनयारयण सिंहलाई मधेश केन्द्रित दलले बिर्सेका छन् । प्रत्येक माघ १० गते सिंहको पुण्यतीथी मनाउदै आएको सद्भावना पार्टी अहिले राजपा बनेपछि यसपटक समान्य औपचारिक्ता समेत पुरा गरेन् । राजपाकै अध्यक्ष मण्डलका एक सदस्य तथा तत्कालिन सद्भावना पार्टीका नेता अनिलकुमार झाले आफ्ना एनजिओ मार्फत एक औपचारिक कार्यक्रम गरेता पनि राजपाले भने कुनै औपचारिक कार्यक्रम गरेनन् ।

राजधानी स्थित होटेल अन्नपुर्णमा झा अध्यक्ष रहेको गजेन्द्रनारायण सिंह स्मृती प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा पुर्व राष्ट्रपति डा. रामवरण यादवदेखि भारतीय राजदूत मञ्जिवसिंह पुरीसम्मले सहभागिता जनाएपनि राजपाले भने औपचारिक रुपमा सिंहलाई सम्झन समेत सकेनन् । रोचक कुरा त के छ भने राजपाको बिधानमा प्रस्तावनादेखि अन्त सम्ममा कयौंपटक गजेन्द्रनारायाण सिंहको नाम उल्लेख भएपनि राजपाले औपचारिकता समेत पुरा नगर्नुले नै मधेशी नेताहरु कति सत्ता र भत्ता केन्द्रित भएको छ यो नै यसको उदाहरण भएको बिशलेषक चन्द्रकिशोर झाको कथन रहेको छ । होटल अन्नपुर्ण स्थित कार्यक्रममा सहभागी हुन आएका झाले भने अहिले यस्ता कार्यक्रमको आयोजक राजपा वा फोरम हुनुपर्ने हुन्थ्यो तर के गर्नु नेता ज्यूहरु सत्ता र भत्ताको नसामा यत्तिसम्म चुर छन्न की आफ्ना राजनीतिक यात्राका रचियतालाई नै बिर्सेका छन् ।

सोही स्थानमा भेटिएका अर्का मधेश विशलेषक शुकेश्वर पाठकले गजेन्द्र नारायणकै लगानीको ब्याजमा जिविकोउपार्जन गर्दै आएका नेताहरुले सिंहलाई विर्सनु अत्यन्तै दुखद भएको बताए । तर, राजपा नेता राजेन्द्र महतोले केहि शिर्ष नेताहरुको घमण्डको उन्मादले यस्तो परिस्थितीको सृजना भएको बताए । ‘हाम्रा नेतृत्व वर्गमा आफू नै निकै महान भएको घमण्ड छ, कार्यक्रम स्थलमै प्रतिकृया दिदै उनले भने ‘मधेशी दलिय एकताका नाममा हामिले आफ्ना मुद्दालाई समेत बन्धक लगाएको महसुुस् भइरहेको छ ।’

को हुन् गजेन्द्र नारायाण सिंह ?
तराई कांग्रेस पतनको लामो समय पछि गजेन्द्रनारायण सिंहले पुनः मधेश राजनीतिलाई अगाडि बढाएका थिए। राजनीतिक दल प्रतिबन्ध रहेका बेलामा सांस्कृतिक एवं वैचारिक संगठनका रुपमा नेपाल सद्भावना परिषद् गठन गरी राजनीति थालेका थिए । त्यसअघि उनी नेपाली कांग्रेसमा सक्रिय थिए । सन् १९९० मा उनले सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीको रुपमा स्थापित गरेका थिए ।

उक्त औपरचारिक कार्यक्रमा स्मृती प्रतिष्ठानका अध्यक्ष झाले भने उनले सदभावना पार्टी गठन गर्नुको मुख्य उद्देश्य नेपालमा क्षेत्रीय सद्भाव कायम गर्नु थियो जसकारण पार्टीको नाम नै सद्भावना राखेका थिए । उनले मुख्य तीनवटा एजेण्डालाई अघि सारेका थिए । नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाउन संघीयता, राज्यमा सबै जात र समुदायको पहुँचका लागि समावेशी र मधेशलाई एकीकृत गर्न हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता ।

झाका अनुसार सिंहको पहिलो एजेण्डा संघीयता पूरा भएको छ । तर, उनले माग गरेको स्वयत्तता सहितको संघीयता नेपालमा आएको छैन। नेपालमा संघीयता ल्याउनुको मुख्य श्रय सिंहलाई नै जान्छ । त्यसपछि उनले उठाएको समावेशीका माग पनि पूरा भएको छ । राज्य समावेशी हुँदै गएको छ । तर, समावेशीका नाममा बलियो समुदायले समावेशीको मर्मलाई समाप्त पार्दैछ । सिंहका अधिकांश माग सम्बोधन भए । तर, उनले स्थापना गरेको र उनले चाहेको सद्भाव भने अझै कायम भइसकेको छैन । तीन पटकसम्म लगातार भएको मधेश आन्दोलनले केही अधिकार स्थापित गराएको छ । उनले चाहे झै नेपालको भावनात्मक एकीकरण भएको छैन । राजनीतिक घटनाक्रमले मधेश र गैर मधेशबीचको भावनात्मक दुरी नजिक्याउन सकेको छैन ।

राजनीतिक संकीर्णता बढदैः यादव
पूर्व राष्ट्रपति डा. रामवरण यादवले सदभावका लागि राजनीति भएता पनि राजनीतिकै कारण मुलुकमा राजनीतिक संकीर्णता बढदै गएको बताएका छन् । पूर्व राष्ट्रपति यादवले एकले अर्कालाई निषेध गर्ने राजनीतिक संस्कारले नयाँ नेपाल निर्माण गर्न नसकिने पनि स्पष्ट पारेका छन् । गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै समुदायलाई सम्मान गर्ने संस्कारबाट मात्रै नयाँ नेपाल निर्माण गर्न सकिनेतर्फ पनि राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराए ।

उनले मुलकुलाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउन दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको उल्लेख गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय गजेन्द्रनारायण सिंहले पु¥याएको योगदानको चर्चा गरेका थिए । सिंहले बनाएको पथमा आज कयौं नेता र दलहरु स्थापित भएता पनि सिंहको मुद्दा संम्बोधन नहुनु निकै नै दुखदायी भएको बताए ।

प्रकाशित मिति: Jan 25, 2018

प्रतिक्रिया दिनुहोस्