Logo
४ आश्विन २०८१, शुक्रबार
(January 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले प्रस्तावक र सर्मथक नै नपाएपछि…!

जनकपुर : नेपाली जनता दलका अध्यक्ष हरिचरण साह आफ्ना दर्जन कार्यकर्तासहित दिउँसो १२ वजे निर्वाचन अधिकृतको कार्यालय पुगे । त्यहाँ पुगे लगत्तै उनले निर्वाचन अधिकृतको कार्यालयबाट फटाफट उम्मेदवारी दर्ताका लागि ८ वटा मनोयन पत्र फारम लिए । उनले ८ वटै सिटमा उम्मेदवारी दिने उद्धेश्यले धमाधम उम्मेदवारी फारम भर्दै गए । तर प्रस्तावक पर्सा पोखरीया गाउँपालिका अध्यक्ष नथुनी कुमार नै गायव भएपछि उनी विचल्लीमा परे । ‘पटक–पटक फोन गरिहेको छु । तर उहाँले फो उठाइ रहनु भएको छैन । उहाँले पार्टीका राष्ट्रिय अध्यक्षलाई अपमान गर्नुभयो ।’

अध्यक्ष साहले भने,‘पछि बुझ्दा त उनी नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मो. अख्त्तर हुसेनको प्रस्ताव बसेका रहेछन् ।’ उनी रिसाउनै आक्रामक रुपमा भने,‘नेपाली जनता दलबाट निर्वाचन जितेका नथुनीले नैतिकता गुमार अन्य पार्टीका उम्मेदवारको प्रस्तावक भयो । त्यसलाई पार्टीले कारबाही गर्छ, उसको अध्यक्ष पद पनि धारापमा पार्छु ।’ तर नथुनी कुमारले आफू नेपाली जनता दलबाट नभई रिजवान अन्सारी अध्यक्ष रहेको नेपाल संघीय समाजवादी पार्टीबाट चुनाव जीतेको बताए । उनले स्थानीय निर्वाचनको वेला नेपाल संघीय समाजवादी पार्टीले नेपाली जनता दलको चुनाव चिन्ह लिएर निर्वाचनमा गएको बताए ।

त्यसैगरी, वहुजन समाजवादीका पार्टीबाट उम्मेदवारी दिन खोजेका गंगा महराले निर्वाचन कार्यालयबाट मनोयन–पत्रको फारम लिए । उनले मनोनयन दर्ता गर्ने क्रममा प्रस्तावक र समर्थक नपाएपछि विरक्तिएर घर फर्केका छन् । सुरुमा केहीँ स्वतन्त्र र माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचन जितेकाले सहयोग गर्ने आश्वसन दिएका रहेछन् । निर्वाचन अधिकृतको कार्यालय पुगेका महाराले भने,‘माओवादी र स्वतन्त्ररुपमा स्थानीय तहमा चुनाव जितेकाहरुले सहयोग गर्छु भने, म निर्वाचन कार्यालय पुगेर फारम पनि ल्याए । तर उहाँहरु पार्टीका दबाबमा परेर प्रस्तावक र सर्मथक नबस्ने बताउनुभयो । र मेरो उम्मेदवारी दर्ता भएन ।’

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्