Logo
४ आश्विन २०८१, शुक्रबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चक्रे मिलनलाई सफाइ दिने अदालतको फैसला

काठमाडौँ : विशेष अदालतले मिलन गुरुङ (चक्रे मिलन) लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । गुरुङसहित दीपक मनाङे (राजीव गुरुङ), गणेश लामा, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्ध एकै दिन अभियोगपत्र दायर भएको थियो । मनाङेले भने सम्पत्ति शुद्धीकरणमा यसअघि नै सफाइ पाइसकेका छन् ।

न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले आज गुरुङलाई सफाइ दिएको अदालतका श्रेष्तेदार विनकुमार श्रेष्ठले जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तर्फबाट सरकारी वकिलले वहस गरेर दुवै पक्षको सुनुवाइ सकिएपछि गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो ।

अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले गुरुङसहित पाँच गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गरी २०७० साल जेठ ५ गते रु सात करोड दुई लाखभन्दा बढी रकमको विगो राखी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्