Logo
३ आश्विन २०८१, बिहीबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताप्लेजुङमा आगलागी पीडितलाई राहत प्रदान

ताप्लेजुङ : आफन्तको शरण लिएर बसेका दुई आगलागी पीडित परिवारलाई ताप्लेजुङ सदरमुकामका स्थानीय सोसियल युथ गाईजले राहत सामग्री प्रदान गरेको छ । आगलागीबाट घर गुमाएका फुङलिङ नगरपालिका–५ का डिककुमार खबास र दिलबहादुर खबासको परिवाराई सो संस्थाले राहत प्रदान गरेको हो ।

सामाजिक कार्यमा क्रियाशील रहँदै आएको उक्त संस्थाले प्रतिपरिवार एक-एक बोरा चामल, एक-एक सेट खाना पकाउने भाडाकँुडा, ओढ्ने सिरक राहतस्वरुप बुधबार प्रदान गरिएको संस्थाका अध्यक्ष केशव आचार्यले जानकारी दिए ।
पीडित परिवारलाई थोरै भए पनि सहयोग गर्ने उद्देश्यले संस्थाका सदस्यबाट रकम संकलन गरी राहत सामग्री खरिद गरी वितरण गरिएको आचार्यले बताए ।

मंगलबार भएको आगलागीका कारण खबास दाजुभाइको दुई घर जलेर पूर्णरुपमा नष्ट भएको थियो भने करिब रु २६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्