Logo
३१ भाद्र २०८१, सोमबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन्ती बोकेको जिप ठोक्किँयो, ११ घाइते

बैतडी : बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा बुधबार मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग १ ज ५१९२ नंको जिप र विपरित दिशाबाट आइरहेको से १ ज २१७ नं. को जिप सिउडे बजार नजिकै आज १२.१५ बजे ठोक्किँएको जनाएको छ । दुबै जिपका चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्