Logo
३१ भाद्र २०८१, सोमबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगर प्रमुखको घर परिसरमा प्रेसर कुकुर बम विस्फोट

धनगढी : कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ ।

हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउदले बताउनुभयो । घटनास्थल बाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ । स्थानीय तहको निर्वाचनमा साउद एमालेका तर्फबाट गोदावरी नगरको प्रमुखमा निर्वाचित हुनुभएको थियो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ । (रासस)

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्