बयानका लागी आयोगले देउवा, प्रचण्ड र ज्ञानेन्द्रलाई समेत तान्दै
काठमाडौं : सशस्त्र द्धन्द्धका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेका दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत बयानका लागि बोलाउने भएको छ ।
सत्य निरुपण तथा मेलमेलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजुरीका आधारमा तत्कालीन द्धन्द्धरत पक्षका प्रमुखको हैसियतले दाहाल र सत्तापक्षका तर्फबाट देउवा र शाहसँग बयान लिन लागेको हो ।
सत्य निरुपण तथा मेलमेलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजुरीका आधारमा तत्कालीन द्धन्द्धरत पक्षका प्रमुखको हैसियतले दाहाल र सत्तापक्षका तर्फबाट देउवा र शाहसँग बयान लिन लागेको हो।
शान्ति सम्झौताको ८ वर्षपछि गठीत दुबै आयोगले पटक-पटक म्याद थपिँदा पनि अनुभूती हुने गरी कुनै काम नभएको पीडितहरूबाट गुनासो आइरहँदा उजुरी परेको जो कोहीसँग बयान लिने काम तिब्र पार्ने बताइएको छ। आजको जनता पोस्ट दैनिकले खबर सार्वजनिक गरेको छ ।